Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल कमर्श क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विशाल निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ५ गते


Advertisement

काठमाडौं । नेपाल कमर्श क्याम्पस मीनभवनको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विशाल रोका निर्वाचित भएका छन्।

मंगलबार भएको स्ववियु चुनावमा उनले १०५३ मत ल्याएर अध्यक्ष जितेको निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका रवीन वलीले ८६० मत ल्याएका छन्। सचिवमा नेवि संघका ज्ञानु दाहाल ९९४ मत सहित निर्वाचित भए।

उनका प्रतिस्पर्धी अनेरास्ववियुका मिनल ओझाले ९२९ मत ल्याए।

कोषाध्यक्षमा पनि नेपाल विद्यार्थी संघका सुशील खड्का निर्वाचितन भए। उनले १००७ मत ल्याउँदा अनेरास्ववियुका सौगात पुरीले ९३९ मत ल्याए।


प्रतिकृया दिनुहोस्