Skip

Hamro Sanchar

कान्तिपुर र सहिद आदर्श क्याम्पसमा गठबन्धनका उम्मेदवार हराउदै नेविसंघको प्यानलै विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


काठमाडौं, चैत ५- कागेश्वरी मनोहरा नगरपालिकाभित्रका २ क्याम्पसमा गठबन्धनका उम्मेदवारलाई हराउदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेविसंघको प्यानलै विजयी भएको छ ।

थलीस्थित कान्तिपुर क्याम्पस र भद्रबासको सहिद आदर्श क्याम्पसमा सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीका साझा उम्मेदवार हराउदै नेपाली कांग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघले विजयी हासिल गरेको हो ।

नेविसंघका केन्द्रिय सदस्य सुवास फुयालकाअनुसार कान्तिपुर क्याम्पसमा नेविसंघका आसु फुयाल १ सय १८ मतसहित बिजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीकी इन्दिरा खप्तरीले ४७ मत प्राप्त गरिन् ।

सहिद आदर्श क्याम्पसमा राजेश तिमल्सिनाले ८९ भोट ल्याएर जित हासिल गरे भने उनका प्रतिष्पर्धी अनेरास्ववियुका महेश बस्नेतले ६३ भोट ल्याए ।

कान्तिपुर क्याम्पसको सभापतिमा अनेरास्ववियुले अखिल क्रान्तिकारीलाई सहयोग गर्ने र सहिद आदर्श क्याम्पसमा अनेरास्ववियुलाई अखिल क्रान्तिकारीले सहयोग गर्नेगरी तालमेल गरिएको थियो । तर दुवै क्याम्पसमा नेविसंघले जित हासिल गरेको हो ।


प्रतिकृया दिनुहोस्