Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन्।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालीन राजा शाहले भिलेनको रुपमा भूमिका खेलेको टिप्पणी गरेका हुन्।

‘गणतन्त्रको निम्ति आधार तयार हामीले पार्‍यौँ। र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो। उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष…उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे,उनले भने, भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ।

अहिले राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन भइरहेको प्रचण्डको भनाइ छ। त्यस्तै दाहालले अहिले नेपालको संविधान संशोधन नभई समीक्षा गर्ने बेला भएको बताए।

‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरु सहभागी भएर समीक्षा गरौँ भनिरहेको छु, उनले भने, जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए। ति सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्छ । यसको निम्ति म सबैलाई आग्रह गर्दछु ।


प्रतिकृया दिनुहोस्