Skip

Hamro Sanchar

अछाममा भुकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ४ गते


काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्‍याए-नपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भएरनभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्