Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए।

कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।

भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्। उनीसँग त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरेको अनुभव छ।

मन्त्रिपरिषद्को सोही बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस्