Skip

Hamro Sanchar

सञ्चारमन्त्री भन्छन् : भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले दोहोरो नागरिकता स्वीकार नगरेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको छलफलमा सांसदहरूले राखेका सुझावबारे जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरिएको उनले उल्लेख गरे । विदेशमा बसेका नेपाली मूलका नागरिकलाई दुई वर्षका निम्ति भिसा सहुलियत दिने व्यवस्था गरिएको उनले बताए ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ पढ्नोस्–
भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले । त्यसकारण हामीले के नबुझौँ भने, गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नुपरेको रु यो कुरा तपाईं हामी यहाँ बसेका सबै माननीयज्यूहरू हुनुहुन्छ, उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन । त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रूपमा उनीहरूलाई गैरआवासीय नागरिकता प्रदान गरेको । त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ, जो नेपाली मूलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जसले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ ।


प्रतिकृया दिनुहोस्