
काठमाडौं, चैत ४- सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे ।
“उक्त जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।
सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रको पदोन्नति नगराइएकोमा सरकारसँग जवाफ मागिन् ।