Skip

Hamro Sanchar

राष्ट्रिय सरकारको कुरा बेमौसमी : एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ३ गते


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’

अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।

‘यस्तो बेलामा पनि सरकारमा भागबण्डा खोज्नु भनेको गणतन्त्र जोगाउन खोजेको हो कि, यसलाई सत्तामा जाने भर्‍याङ बनाउन खोजेको हो, गम्भीर नैतिक प्रश्न उठेको छ,’ ज्ञवालीले भने ।


प्रतिकृया दिनुहोस्