
काठमाडौं, चैत २- गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल, बिपी चोकमा सवारी दुर्घटना हुँदा कागेश्वरी मनोहरा-१ का अनुज ढकालको मृत्यु भएको छ ।
बिग्रिएको बोलेरोलाई टुचिन लगाएर तान्दै गरेको निसानको ठक्करले मोटरसाइकल चालक ढकालको मृत्यु भएको हो ।
बा.१२ च २६९७ नम्बरको बोलेरोलाई टुचिन लगाएर तान्दै हिँडेको बा.५ ख ११६८ नम्बरको निशान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा बा.५ ख ११६८ नम्बरको मोटरसाइकल चालक ढकालको मृत्यु भएको हो ।
कागेश्वरी मनोहरा–१ सान्टारी घर भएका ३७ बर्षिय ढकालको घटनास्थलमै मृत्यु भएको वडासदस्य उजेली तामांगले हाम्रोसंचारलाई जानकारी दिइन् ।
मृतक ढकाललाई उपचारका लागि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पुर्याइएकोमा अस्पतालले मृत घोषित गरेको थियो ।
निसान चालक अशोक रोक्का र बोलेरो चालक ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–४ घर भएर सुन्दरीजल बस्ने ३९ वर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटना शुक्रबार बेलुका साढे सात बजेको समयमा भएको हो ।