Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वराजालाई कांग्रेस सांसदको चुनौती : सत्तामा आउने भए ८४ को चुनावमा भाग लिनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गरिन् ।

“सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ– कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्,” उनले भनिन् ।

उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताइन् । उनले लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नपाएको पनि बताइन् ।

“गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन,” उनले भनिन्, “त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो ।”

शाहले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमार्फत नेपालको उन्नतिका लागि आफूहरू आवश्यक सबै त्याग्न तयार रहेको बताएका थिए ।

नेपाल जोगाउने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ लिन देशवासीलाई आह्वान गर्दैछौँ, शाहले भनेका थिए


प्रतिकृया दिनुहोस्