Hamro Sanchar

शंकर पोखरेलको दाबी : एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १० गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था (एनजीओ)सँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक रहेको जिकिर गरेका हुन् ।

‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ’ उनले लेखेका छन्, ‘त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्योभन्दा निकै फरक छ।’

पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग रहेको जिकिर गरेका छन् ।


प्रतिकृया दिनुहोस्