Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाबुरामलाई कमलको आग्रह : २१ वर्षअघि राजासँग सहकार्य गर्न तयार भएको नभुल्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ९ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले युद्धकालमा तत्कालीन राजासँग मिलेर जाने प्रस्ताव ल्याएको नभुल्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यमाथि भट्टराईले गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै थापाले २१ वर्षअघि राजासँग सहकार्य गर्न तयार भएको नभुल्न आग्रह गरेका हुन्। ‘स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होइन, संविधान सभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको ममार्फत प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हतास मानसिकता देखिएको टिप्पणी गरेका छन्। दल र सरकारलाई कुनै आलोचना नगरेका पूर्वराजाप्रति खनिनु दुर्भाग्य भएको उनले बताएका छन्। देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने अधिकार पूर्वराजालाई पनि रहेको तर्क उनले गरेका छन्।

‘देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैनरु संविधान प्रदत्त विचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो  ?’, थापाले प्रश्न गरेका छन्।

थापाले जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको दाबी गरेका छन्, ‘त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुरामजीलाई कसले दियोरु’,प्रश्न गरेका छन्।

वर्तमान अवस्था र व्यवस्थाप्रति असंतोष प्रकट गरेको कारण राजाको विचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश रहेको उनले बताएका छन्। थापाले आफूहरू १८ वर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेको र त्यसका लागि संघर्ष गरिरहेको पनि थापाले जनाएका छन्।‘सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनु होस्, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौँ जनतालाई नियन्त्रण गर्नुहोस्’, उनले भनेका छन्।

१८ वर्ष अघि विदेशीको प्रभाव र दबाबमा परेर तयार गरिएको गलत भाष्य जनताले बुझिसकेको तर्क थापाले गरेका छन् ।


प्रतिकृया दिनुहोस्