Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हामीले हिन्दु धर्मको विरोध गरेका छैनौँ : मह जोडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ८ गते


Advertisement

काठमाडौं । कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको स्पष्टीकरण दिएका छन्।

आज बिहान संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै उनीहरूले यूएसएडको पैसा खाएर हिन्दु धर्मको विरोध गरे भनेर अनर्गल प्रचार गरिएको गुनासो गरेका हुन्।

तर आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको र कुनै धर्ममा जान नउकासेको हरिवंश आचार्यले बताएका छन्।

व्यंग्य भनेको नेता, वकिल, डाक्टर तथा पण्डित सबैलाई गर्न पाइने उनको भनाइ छ।

‘कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरू कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौँ। र, अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ। यो अनर्गल प्रचार हो’, भिडिओ सन्देशमा हरिवंशले भनेका छन्, ‘हामीले ०५२ सालमा यो पञ्चायत व्यवस्थाको सराद्धे भन्ने एउटा कार्यक्रम गर्‍यौँ। त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरेका छौँ। र, पण्डित भन्दैमा भगवान् हुँदैन। म पनि पण्डितकै छोरा हुँ। र, व्यंग्य भनेको नेतालाई पनि गर्न पाइन्छ। पण्डितलाई पनि गर्न पाइन्छ।


प्रतिकृया दिनुहोस्