
काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेर तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।