Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले काम गर्दैछौँ : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ५ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कूटनीतिक सम्पर्कमा रहेको बताएका छन्।

सामाजिक संजालबाट प्रधानमन्त्री ओलीले एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको बताएका छन्।

उनले भनेका छन्, ुयस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।ु

कलिंगा कलेजमा नेपाली छात्रा बुटवलकी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि त्यहाँको प्रशासनले नेपाली विद्यार्थीलाई निकालेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।


प्रतिकृया दिनुहोस्