Skip

Hamro Sanchar

प्रधानमन्त्रीको दाबी : तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ५ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । आज लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘कसले कतै गएर मिलिदेला भन्ने कुनै आशंका छैन । बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताकाा साथ डगमगाएको विश्वास पनि जगाएर लाग्नु छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

कांग्रेससँगको सहमति अनुसार आफु लगभग ७ महिना प्रधानमन्त्री भइसकेको र अबको १७ महिनामा आफैं छाड्ने दाबी गरेका छन् ।

उनले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह गरेका छन् ।

उनले औषधि हालेर फलफूल पकाउने गरेको उदाहरण सुनाउँदै आफूलाई त्यसबाट कुनै असर नहुने जिकिर गरे ।

साथै, उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने बताए ।


प्रतिकृया दिनुहोस्