
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालबाट प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरू पाइप तान्न आग्रह गरेका हुन्।
उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरू पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरू सबै आउनु होला।’
अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस भ्यालेन्टाइन डे’ चलिरहेको छ। यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ ।