Hamro Sanchar

शंखरापुरमा स्कुल बस दुर्घटना : ३ विद्यार्थीको मृत्यु, ४० जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३० गते


काठमाडौं, माघ ३०- काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन ।

चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४:५० बजे ब्रेक फेल भई दुर्घटना भएको हो । ३९ वर्षीय मनिष माझीले चलाएको बस साँखु आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । २२ जनालाई पिपुल्स लाइफ केयर अस्पताल, ११ जनालाई एनएमसी अस्पताल, ४ जनालाई टिचिङ अस्पताल र ४ जनालाई शंखरापुर अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरूको सूची:

पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत

१) फिलिप लामा (१०)
२) प्रजोल थापा (१०)
३) भिम तामाङ (११)
४) राम परियार (१६)
५) सुजन मगर (१६)
६) सिरिसा सिवेदी (१२)
७) प्रकाश बम (१६)
८) साधन बिष्ट (१२)
९) आराध्या शाह (१०)
१०) आशिस तामाङ (१५)
११) स्नेहा राइ (२१)
१२) गंगा ज्योति (४२)
१३) रन्जित थापा (१३)
१४) सुहाना गुभाजु (१३)
१५) श्रिसान्त पौडेल (१५)
१६) कल्पना रेज्मी (३२)
१७) विकल्प श्रेष्ठ (१०)
१८) नाइस्का पाण्डे (२३)
१९) सुविता तामाङ (१४)
२०) निशान्त पौडेल (१४)
२१) सौगात मगर (१४)
२२) अबित खान (१०)

शंखरापुर अस्पतालमा उपचाररत
१) आदित्य सुनार (१२/१३)
२) धिरज साउद (१४)
३) सन्देश गिरि (१३)

थप नामावली आउन बाँकी !


प्रतिकृया दिनुहोस्