
काठमाडौं, भदौ ९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर- ४ र ५ ले मनोहरा खोला आसपासका सुँगुर तथा बंगुर फर्म हटाउन एकैपटक निर्देशन दिएको छ ।
दुवै वडा कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै अब्यबस्थित रुपमा संचालन हुँदै आएका सुँगुर तथा बंगुर फर्म हटाउन निर्देशन दिएको हो ।
त्यस्ता बंगुर फर्मले त्यस क्षेत्रभित्र फाेहाेर तथा प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै वडा नम्बर पाँचको कार्यालयले सात दिनभित्र बंगुर फर्म हटाउन फेरी अर्को निर्देशन दिएको छ । भने वडा नम्बर ४ ले डाँछी अन्तर्गतको क्षेत्रभित्र अवैध र अव्यवस्थित बंगुर पालन भैरहेकोले सुँगुर बंगुर पालन गर्दा कसैलाई असर नपर्ने गरी संचालन गर्न भनेको छ । अन्यथा अव्यवस्थित तरिकाले पालन गरेको पाइए नियमानुसार कारबाही अगाडी बढाउने बताएको छ ।
वडा नम्बर ५ को कार्यालयले गत बर्षको साउन ९ गतेदेखि नै पेप्सीकोला-ब्रमखेल सडक क्षेत्रको मनोहरा खोलाको आसपासमा संचालन हुँदै आएका सुँगुर तथा बंगुर फर्म हटाउन पटक-पटक निर्देशन दिएको थियो । तर ब्यबसायीले संचालन गर्दै आएका त्यस्ता फर्म हटाउन अटेर गरिरहेका छन् ।
त्यसबेला १५ दिनको समयसीमा दिँदा पनि नमानेपछि गत भदौ २९ गते वडाअध्यक्ष शंकर पाण्डेसहित जनप्रतिनिधि, पशु शाखा, स्वास्थ्य शाखा, विपद ब्यबस्थापन, जनपद प्रहरी र नगर प्रहरीसहितको टोली माइकिङ गर्दै त्यस स्थानमा पुगेको थियो ।
पटक-पटकको सूचना र निर्देशनलाई बेवास्ता गरेपछि पुन वडा कार्यालयले अन्तिम सूचना भन्दै एक हप्ताको अल्टिमेटम दिएको छ । यद्यपी ब्यबसायीहरु जुनसुकै निर्देशन पनि मान्न तयार भएका छैनन् ।
नगरपालिकाको वडा नम्बर ५ बाहेक ४ र ६ का केहि स्थानमा दर्जनौं सुँगुर तथा बंगुर फर्म, हाँस फर्म र कुकुर पनि व्यावसायिकरूपमा बंगुर फर्म सञ्चालनमा छन् । ब्यबसायीले त्यस्ता फर्मबाट निस्कने फोहर तथा ढल सिधै मनोहरा खोलामा हाल्ने गरेका छन् । यसले खोलाको पानी प्रदुषित भइरहेको छ । त्यस्ता फर्महरुबाट उत्पन्न हुने फोहोरमैलाले बालीनाली र उब्जनीमासमेत कमी आएको छ । भने घर बाहिर र आवतजावत गर्न समस्या भैरहेको छ ।
सरकारको नियमानुसार पनि यस्ता बंगुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ । नगरपालिका क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको स्थानियको भनाई छ ।
यो पनि पढ्नुहोस्- मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म नहटाएपछि प्रहरी लिएर पुग्यो वडाको टोली
वडा नम्बर ४ द्धारा जारी सूचना-
वडा नम्बर ५ द्धारा जारी सात दिनको अल्टिमेटमसहितको अन्तिम सूचना-