आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म नहटाएपछि प्रहरी लिएर पुग्यो वडाको टोली

प्रदिप नेपाली प्रकाशित : २०८१ भदौ, २९ गते


Advertisement

काठमाडौं, भदौ २९- मनोहरा खोला आसपासमा ब्यबसायीले संचालन गर्दै आएका सुँगुर तथा बंगुर फार्म हटाउन अटेर गरेका छन् । वडा कार्यालयले पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले त्यसको अवज्ञा गरेका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-५ स्थित पेप्सीकोला ब्रमखेल सडक क्षेत्रको पुर्व अर्थात् मनोहरा खोलाको आसपासमा अव्यवस्थित रुपमा दर्जनौं सुँगुर तथा बंगुर फार्म, हाँस फार्म र कुकुर पालन संचालन गरिरहेका छन् ।

बंगुर फार्मले त्यस क्षेत्रभित्र फाेहाेर तथा प्रदूषण बढाएको र स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न माग गर्दै स्थानीय वडा कार्यालय पुगेपछि गत बर्षको साउन ९ गतेदेखि नै त्यस्ता अबस्थित फार्म हटाउन पटक-पटक निर्देशन दिएको थियो । पछिल्लो पटक भदौ ९ गते पनि वडा कार्यालयले १५ दिनको समय दिएर अन्यत्र सार्न भनेको थियो तर बीस दिन पुग्दा पनि ब्यबसायीले कुनै चासो नदिएपछि शुक्रबार वडाअध्यक्ष शंकर पाण्डेसहित जनप्रतिनिधि, पशु शाखाका प्रमुख, स्वास्थ्य शाखा, विपद ब्यबस्थापन, जनपद प्रहरी र नगर प्रहरीसहितको टोली त्यस स्थानमा पुगेको थियो ।

उक्त टोलीले माइकिङ गर्दै स्थानीय सरकारको सूचना र निर्देशन अवज्ञा गरेकोमा सचेत गराएको छ । पटक-पटकको निर्देशनलाई नमानेको र पछिल्लो १५ दिनको समयावधि पनि सकिएकोले कुनैपनि समयमा स्थानीय सरकार संचालन ऐनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

ब्यबसायीले उक्त सुँगुर तथा बंगुर फार्महरु बिनादर्ता अवैधानिक ढंगले संचालन गरिरहेको पनि खुलेको छ ।

बंगुर पालनले त्यस क्षेत्र वरपर दुर्गन्ध फैलाई वातावरण प्रदुषण भै स्थानीय बासिन्दाको जनजीवनमा प्रत्यक्ष असार परिरहेका र त्यस्ता फार्महरुबाट उत्पन्न हुने फोहोरमैलाले बालीनाली र उब्जनीमासमेत कमी आएकोले यस्तो निर्देशन दिइएको वडाअध्यक्ष पाण्डेले बताए ।

अव्यवस्थित बंगुरपालनले फोहर र प्रदूषण मात्र बढाएको छैन राज्यले प्राप्त गर्नुपर्ने राजस्व पनि गुमेको वडा अध्यक्ष पाण्डे बताउछन् । हाम्रोसंचारसँग उनि भन्छन्, “बस्ती नजिकै बंगुरपालन गरिरहेका छन् । सबैजसो फार्म बिनादर्ता अवैध रुपमा संचालन छन् । जसकाकारण राज्यले प्राप्त गर्नुपर्ने राजस्व पनि गुमेको छ । मनोहरा खोलामा फोहर तथा ढल सिधै हाल्ने गरेका छन् । यसले खोलाको पानी प्रदुषित भइरहेको छ । यो गर्मीयाममा दुर्गन्ध त्यस्तै आउँछ । घर बाहिर र आवतजावत गर्दा मास्क नलगाई हिड्नै समस्या हुन्छ ,’ उनले भने ।

खोला नजिक संचालन गरेको व्यवसायिक बंगुरपालनले खोलामात्रै प्रदुषित भएको छैन बस्तीसमेत दुर्गन्धको चपेटामा परेको स्थानियले गुनासो गरेका छन् । जसका कारण हरेक वर्षे याममा स्वाईन फ्लुको त्रास बढ्ने गरेको छ । “दुर्गन्धले हामीलाई पनि समस्या छ नि, खोलाको प्रदुषित भएको छ । बाटो हिड्दा मुख छोपेर हिड्नु पर्छ, एक स्थानीय महिलाले भनिन् ।”

दुर्गन्धका कारण कहिले बिरामी परिने हो भन्ने चिन्तासमेत लाग्ने गरेको उनले बताइन् ।

नगरपालिकाको वडा नम्बर ५ बाहेक ४ र ६ का केहि स्थानमा पनि व्यावसायिकरूपमा बंगुर फार्म सञ्चालनमा छन् । सरकारको नियमानुसार पनि यस्ता बंगुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दै बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ । नगरपालिका क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको स्थानियको भनाई छ ।


प्रतिकृया दिनुहोस्