Hamro Sanchar

बेलायती राजकुमारी सोफिया नेपालमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २२ गते


काठमाडौं । बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी श्रीमति सोफिया बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनलाई परराष्ट्रसचिव अमृत कुमार राईले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । राजकुमार एडवार्ड भने केही बेरमा नेपाल आउँदैछन् । उनी भारत हुँदै नेपाल आउँदैछन् ।

राजकुमार दम्पत्तिले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम तय भएको छ भने काठमाडौ तथा पोखरा भ्रमण गर्ने बताइएको छ ।

झण्डै हप्ता दिनको नेपाल बसाईमा राजकुमारले बेलायती सैनामा कार्यररत गोर्खा परिवारसँग पनि भेटघाट गर्ने बताइएको छ । वर्ष २०२५ को प्रथम चरणको वैदेशिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।


प्रतिकृया दिनुहोस्