Hamro Sanchar

अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २१ गते


काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी सरेको छ ।

स्थायी कमिटीको सोमबार सम्पन्न बैठकले महाधिवेशनको मिति सारेको प्रवक्ता तथा अनेरास्ववियुका सचिव प्रकाश पौडेलले जानकारी दिए ।

यसअघि चैतमा निर्धारित महाधिवेशन स्ववियु निर्वाचन चैत ६ गते आयोजना हुने भएकाले सार्नुपरेको अध्यक्ष समिक बडालले बताए।

अखिल स्थापना दिवसकै अवसर पारेर महाधिवेशनको मिति सारिएको हो । अनेरास्ववियुको स्थापना २०२२ साल जेठ १ गते भएको थियो । संस्थापक अध्यक्ष विश्वकान्त मैनाली थिए।


प्रतिकृया दिनुहोस्