Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माधव नेपाल भन्छन् : नेपालका लागि प्रत्यक्ष निर्वाचित प्रणाली घाँडो हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १५ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उचित नहुने बताएका छन् ।

समाजवादी मोर्चाले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेपाल जस्तो संवेदनशील देशका लागि संसदीय प्रणाली नै सहि हुने बताए। उनीअघि सभामा धारणा राख्ने क्रममा नेसपा अध्यक्ष महिन्द्राराय यादवले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका थिए।

यादवलाई जवाफ फर्काउँदै नेपालले भने, ुउहाँ९यादव०ले बोलिहाल्नुभयो। तर प्रत्यक्ष निर्वाचित कार्यकारी घाँडो प्रणाली हो। त्यसमा जानु हुँदैन। नेपाल जस्तो संवेदनशील देशमा त्यो प्रणाली अपनाउनु हुँदैन ।


प्रतिकृया दिनुहोस्