Hamro Sanchar

प्रधानमन्त्री ओली पाल्पा र बुटवलको कार्यक्रमा सहभागी नहुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ११ गते


प्रधानमन्त्री ओलीको पाल्पा र बुटवलको कार्यक्रमा सहभागी नहुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् ।

सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ ।

ती कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन् । ब्रेक थ्रु गर्ने कार्यक्रममा भने ओली भर्चुअल रूपमा सहभागी हुनेछन् ।

गत मङ्गलवार बेलुकादेखि प्रधानमन्त्री ओली अस्वस्थ छन् । घाँटीमा समस्या आएपछि उनको स्वर भासिएको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्