Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डको अपिल : २०६४ को जस्तै बहुमत दिनोस् नेपालबाट भ्रष्टाचारीको जरो किलो उखेल्नेछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १० गते


Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ मा जस्तै २०८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने बताएका छन्।

आज खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई विजयी गराउन अपिल गरे ।

‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन’, उनले भने ।

कार्यक्रममा केपी ओली नेतृत्वको गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाए ।


प्रतिकृया दिनुहोस्