Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न मोरङ अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १० गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ठगी मुद्दामा ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए। प्रहरीले १२ दिनमा अनुसन्धान सकेर गत मंगलबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा दायर गरेको हो।

उनीविरूद्ध ३८ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोग लगाइएको छ ।


प्रतिकृया दिनुहोस्