Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकार बिचौलियाको इसारामा चल्छ भन्ने फेरि पुष्टि भयो : भीम रावल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ९ गते


Advertisement

सरकार बिचौलियाको इसारामा चल्छ भन्ने फेरि पुष्टि भयो  भीम रावल

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्।

अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्।

रावलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतशत बढी नाफा लिन नपाइने कानुन अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ।’

एमालेमा रहँदा पनि अध्यक्ष ओलीको आलोचना गरिरहने रावलले पार्टीबाट निकालिएपछि पनि त्यसलाई झन् बढाएका छन् ।


प्रतिकृया दिनुहोस्