Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गैँडाको आक्रमणबाट ५५ वर्षका पुरुषको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ९ गते


Advertisement

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

एक साताअघि गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका-१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो।


प्रतिकृया दिनुहोस्