Hamro Sanchar

राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ८ गते


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीलाई आज आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ । त्यस्तै, गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।

काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।


प्रतिकृया दिनुहोस्