Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओलिले आज  सिंहदरबारबाट‘सगरमाथा संवाद’ घोषणा गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ८ गते


Advertisement

काठमाडौं । सरकारले आज (मंगलबार)‘सगरमाथा संवाद’ घोषणा गर्दै छ।

दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रम घोषणाको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ तय भएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको सरकारले जनाएको छ।

यसअघि २०७६ सालमा ओली नै प्रधानमन्त्री भएको बेला यो कार्यक्रम अघि बढाइएको थियो। तर, कोभिड–१९ कारण कार्यक्रम त्यतिबेला कार्यक्रम स्थगित भएको थियो।

यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ। आगामी जेठ २, ३ र ४ गते सगरमाथा संवाद कार्यक्रम गर्ने तयारी सरकारले अघि बढाएको छ।


प्रतिकृया दिनुहोस्