Skip

Hamro Sanchar

एमालेले बोलायो सचिवालय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ८ गते


काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

समसामयिक राजनीति विषयमा छलफल गर्न अपराह्न ४ बजे बैठक बोलाइएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल हुने छ, सरकारले हिउँदे अधिवेशनको लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ, हिउँदे अधिवेशनलाई पार्टीको तर्फबाट कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने छ, अन्य चर्चामा रहेका विभिन्न विषमा पनि छलफल हुने छ’, गौतमले भने ।

आजको बैठकमा एमालेमा आउने तयारी गरी रहनुभएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।

गौतमले आफू एमालेमा जाने तयारी गरिरहेको र पार्टीले खबर गर्ने बित्तिकै एमालेमा जाने बताउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्