Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ ।

सहप्रवक्ता रावललाई उक्त जिम्मेवारी दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । “मिति २०८१.१०.०३ गतेदेखि मिति २०८१.१०.३० गते (ने.सं. ११४५ पोहेलागा तृतीयादेखि सिल्लाथ्व पुन्ही)सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सहप्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौँ,” बुर्लाकोटीद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

 


प्रतिकृया दिनुहोस्