Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली पोखरामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३ गते


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आइपुगेका छन्।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज अपाराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरे ।

प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन् ।


प्रतिकृया दिनुहोस्