
काठमाडौँ । कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीविरुद्ध अयोग्यता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।
प्रधानन्यायाधीश संलग्न पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार मुद्दा खारेज गरेको हो ।
सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्ने विवाद अधिवक्ता वसन्त जोशीले रिट दायर गरेका थिए । उक्त रिटमा बहस सकिएर आजको लागि निर्णय सुनाउने मिति तोकिएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्मा रहेका छन् ।
रिट खारेज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत रहेका चौधरीको सांसद पद जोगिएको छ ।

















