Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपतिले पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिस बमोजिमको अध्यादेश जारी गरेको बताएको छ।

सरकारले गत पुस २६ गते विभिन्न ५ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। अन्य अध्यादेश जारी गरेपनि भूमिसम्बन्धी अध्यादेश केही अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपतिले त्यसलाई थाती राखेका थिए ।


प्रतिकृया दिनुहोस्