Hamro Sanchar

माओवादीले बोलायो विपक्षी दलको संयुक्त बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २ गते


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने उनीहरूको तयारी छ । बैठकमा सबै विपक्षी दलहरूलाई बोलाएको माओवादी नेताहरूले जनाएका छन् ।

यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ ।


प्रतिकृया दिनुहोस्