Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

यो सरबार ढलिहाल्छ’, ‘हामीले धेरै बल गर्नै पर्दैन : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १ गते


Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको दाबी गरेका छन्।

प्रेस सेन्टर सिन्धुपाल्चोकको आयोजनामा आज बिहान सुकुटेमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अब यो सरकार चाँडै ढल्ने दाबी गरेका हुन्।

‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ’, प्रचण्डले भने, ‘हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मिति नै तोक्न त मिलेन।’

सत्तारुढ दल नेपाली कांग्रेसका संस्थापन पक्षकै नेताहरू यो सरकारप्रति असन्तुष्ट रहेको दाबी प्रचण्डले गरे।

‘कांग्रेस संस्थापनका नेताहरुको असन्तुष्टि बाहिर आएको छ। हामी गम्भीर रूपले घटनाक्रमलाई हेरिराखेका छौँ’, उनले भने, ‘सरकार आफैँ आफ्नो आयु घटाइरहेको छ ।


प्रतिकृया दिनुहोस्