Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २८ गते


Advertisement

काठमाडौं । विराटनगरका पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्माले नेकपा माओवादी केन्द्र छाडेका छन्।

विराटनगरमा जारी नेकपा एमालेको पाँचौँ विस्तारित बैठकका अवसरमा शर्मा माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्।

विराटनगरस्थित पोस्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका शर्माले माओवादी विघटनको संघारमा रहेको दाबी गरे।

उनलाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोसी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोसी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीसहितको उपस्थितिमा एमालेमा स्वागत गरिएको हो ।


प्रतिकृया दिनुहोस्