Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार)जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।

अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

रविसहित ३ जनालाई हिरासतमै राख्ने तयारी थियो, यसरी फेरियो प्रहरीको योजना

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।


प्रतिकृया दिनुहोस्