
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको गृह मन्त्री रमेश लेखकले आज राजधानीमा आयोजित एक कार्यक्रममा बताए।
गृहमन्त्री लेखकले पद बहालीसँगै प्रहरी र सशस्त्रको नयाँ ऐन निर्माणमा जोड दिँदै आएका थिए ।
मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृहमन्त्री लेखक नेतृत्वको विधायन समितिमा छलफल भएको थियो । सो विधेयक आगामी संघीय संसद्मा पेस गरिने मन्त्री लेखकले जानकारी दिए ।