Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्नछन् : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २७ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा जान्ने मान्छे यो संसारमा कोही नजन्मिएको ठान्ने टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले आफूलाई ज्ञानको भण्डार ठान्ने गरेको जिकिर गरे।

उनले भने, ‘ओलीको अहंकारले एमालेभित्र समस्या खडा भयो। एक्लै निर्णय गर्न थाले, चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले, तीनिहरुको पत्तासाफ गर्ने प्रवृत्तिको सुरुआत भयो। हामी १४ जनालाई पार्टी र संसदबाट निकाल्ने निर्णय गरें, हामीलाई सभामुख अग्नि सापकोटाले जोगाइदिए उहाँलाई धन्यवाद। नत्र हाम्रो हालत पनि अहिले त्यहाँ रोइकराई गरेर हिँड्नेहरुको जस्तै हुन्थ्यो।’

उनले अहिले आफूहरु ओलीलाई चुनौती दिनसक्ने ठाउँमा रहेको भन्दै पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्