
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् ।
सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका पूर्वगृहमन्त्री समेत रहेका रवि बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।
त्यसदिन पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका उनी हिजो शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुका हुन ।
रवि भोलि विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर भई त्यहाँ दायर भएको मुद्दाको प्रक्रियामा सहभागी हुने छन् ।
काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सोसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेश गरिसकेको छ । भोलि रवि सोही मुद्दाको क्रममा अदालतमा हाजिर हुने भएका हुन् ।