Hamro Sanchar

प्रचण्डको दाबी : यो सरकार अप्राकृतिक छ, अब चल्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २६ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् ।

आज सिंहदरबारमा विपक्षी दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अप्राकृतिक भएकोले अब नचल्ने बताएका हुन् ।

‘यो गठबन्धन अप्राकृति, अलोकतान्त्रिक र अप्राकृतिक छ भनेर मैले गम्भीर रुपमा पार्लियामेन्टमा पनि बाहिर पनि भनेको सुन्नुभएको छ । अप्राकृतिक ढंगले अब यो चल्दैन,’ प्रचण्डले भने ।

प्रचण्डले हिजो र आज विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । समाजवादी मोर्चामा सहभागी दलहरूसँग मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भएको प्रचण्डको भनाइ छ ।

‘मोर्चालाई सक्रिय पार्नेबारेमा नै हिजो र आज पनि छलफल भएको छ,’ प्रचण्डले भने ।


प्रतिकृया दिनुहोस्