Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राजेन्द्र  लिङ्देनले प्रधानमन्त्री ओलीलाई  भेटे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २६ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

बिहीबार साँझ बालुवाटार पुगेर लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।

राप्रपाले शनिबार (पुस २७ गते) राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीलाई निम्ता दिन लिङ्देन बालुवाटार पुगेका हुन्।

भेटमा अन्य विषयमा पनि लामो कुराकानी भएको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको छ।

आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो।

राप्रपाले २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।


प्रतिकृया दिनुहोस्