काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको आलोचना गरेका छन् ।
उनले भनेका छन्– ओली र प्रचण्डका कम्युनिस्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आयो-बाहिरी रूप समाजवादी भित्री सार – नोकरशाही पुँजीवादी !
उनी थप भन्छन्– बरु ओली अलि बढी खुला र प्रस्ट ! प्रचण्ड सदा झैँ कुटिल र छद्म ! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा ! बाघ vs ब्वाँसो ? नेपाल र रुसको नियति फरक होला ।
यस्तो छ बाबुरामकाे फेसबुक स्टाटस् : ओलि र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!
बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा!
बाघ vs ब्वाँसो?
नेपाल र रूसको नियति फरक होला?