काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको छ ।
बाक्लो हुस्सु र कुहिरो लागेकाले सवारी आवागमन अवरुद्ध भएको डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।
मंगलबार रातिदेखिनै सवारी आवागमन प्रभावित भएको छ । बुधबार घाम लागेपछि एकतर्फी सवारी चलेका थिए । गएरातिदेखि पुनः सवारी अवरुद्ध भएको छ ।
बाक्लो हुस्सु र कुहिरोबाट चुहिएको पानीले सडक भिजेर चिप्लो हुँदा सवारी आवगमन प्रभावित भएको हो । कच्ची सडक हिलाम्मे हुँदा सवारी चल्न नसकेका हुन् ।
तराईका अधिकांश भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।