Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका २ जना धरौटीमा रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २४ गते


Advertisement

काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना धरौटीमा रिहा भएका छन्।

अभियोगपत्रसाथ पेस गरिएका सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो।

सुनिता ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक आदेश हुन बाँकी छ।

जिल्ला अदालत कास्कीमा थुनछेक आदेश भइसकेपछि लामिछानेसहितका केही प्रतिवादीहरुलाई उपस्थित गराउने प्रहरीको तयारी छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा २ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ। लामिछानेलाई ५ करोड ८ लाख रुपैयाँ बिगो तोकिएको छ।


प्रतिकृया दिनुहोस्