काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ ।
लामिछानेका कानुन व्यवसायीहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापासहितले बहस गरेको अधिवक्ता रोहित बास्तोलाले जानकारी दिए ।
उनका अनुसार लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको हो । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् ।