काठमाडौं, पुष २२- काठमाडौँ महानगरपालिका नेपालको केन्द्रीय राजधानी शहरमा रहेको मुलुककै पहिलो महानगरपालिका हो । यो महानगरपालिकाको ईतिहास जति पुरानो र प्रख्यात छ, त्यतिनै प्रख्याती र चर्चा वर्तमान काठमाडौं महानगरपालिका र यसका मेयर बालेन्द्र शाह (बालेन) को छ । अनि बालेन र उनले नेतृत्व गरेको महानगरपालिकाले लिने निर्णयहरु चर्चित मात्र छैनन्, विवादित पनि छन् ।
महानगरको यस्तै बिबादित निर्णयहरु मध्येको एउटा निर्णय हो, महानगरपालिका मातहतका सार्वजनिक विद्यालयका विषयगत शिक्षकहरुलाई जाडो बिदाको समयमा शिक्षकहरुको क्षमता बिकास, नतिजा सुधार सम्बन्धि तथा रचनात्मक विद्यालय बिकास कार्यक्रम संचालन गर्ने निर्णय ।
काठमाडौं महानगरपालिकाको आफ्नै वार्षिक शैक्षिक क्यालेन्डर छ । महानगरले जारी गरेको बार्षिक क्यालेन्डरमा मिति २०८१ साल पुस १८ गते देखि माघ ८ गते सम्म जाडो बिदा उल्लेख छ । शिक्षकहरुलाई लागेको थियो, यो बिदा आफ्नो निजि बिदा हो । २१ दिन लामो बिदा मस्तसँग घुमफिर गरेर मनाउला । तर एकाएक महानगरपालिकाले पुस १६ गते एक सुचना जारी गर्दै सामुदायिक विद्यालयहरूका विषयगत शिक्षकको तालिम पुस २१ गते देखि माघ ८ गते सम्म संचालन गर्ने सूचना निकाल्यो ।
तालिमका बिषयमा नगर क्षेत्र भित्रका कुनै प्रा. अ. र शिक्षकलाई थाहै थिएन । यो महानगरको एकलौटी निर्णय थियो । कयौ शिक्षकहरुले जाडोको बिदा मनाउन पुर्व योजना बनाईसकेका थिए । कतिपय उपत्यका बाहिरका शिक्षकले त पुस १७ गते बेलुकाको बसको टिकट नै काटिसकेका थिए । महानगरको यो सुचनाले उनीहरुको योजना चौपट बनायो ।
महानगरको यस्तो सुचना आएपछि ढिलो सुचना आएको र आफुहरु यो तालिममा सहभागी हुन नसक्ने निष्कर्षसहित मातहतका सबै जसो सामुदायिक विद्यालयका शिक्षकहरु छलफलमा जुटे । छलफलको निष्कर्ष निस्कियो, आफुलाई परेको समस्या शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ, शिक्षकहरुका बिभिन्न पेशागत संगठन माझ पुर्याउने । सोहि अनुसार नेपाल शिक्षक महासंघ, शिक्षकहरुका बिभिन्न पेशागत संगठन माझ समस्या राखे । सबैले निष्कर्ष निकाले, शिक्षकका साझा मुद्धामा एकजुट भएर जाने ।
सोहि अनुसार पुस १७ गते दिउसो करिब २ बजे नेपाल शिक्षक महासंघका प्रतिनिधि, शिक्षकहरुका बिभिन्न पेशागत संगठनका प्रतिनिधि, बिद्यालयका केहि प्रधानाध्यापक र केहि शिक्षकहरु तालिमको बिरोधी नभएको तर छोटो समय राखेर २१ गतेदेखि संचालनगर्न लागेको तालिममा सहभागी हुन नसक्ने जानकारी सहितको ज्ञापन पत्र लिएर नगरप्रमुख बालेन्द्र साहलाई भेट्न महानगर कार्यालय पुगे । उनीहरु त्यहा पुग्दा नगरप्रमुख कार्यकक्षमै रहेको जानकारी शिक्षा विभागका प्रमुख गोबिन्द शर्माले दिए । ज्ञापन पत्र बुझाउन गएको टोलीलाई नगरप्रमुखको सचिवालयका प्रतिनिधिले केहि समय प्रतीक्षा गर्न भने । नेपाल शिक्षक महासंघ, शिक्षकहरुका बिभिन्न पेशागत संगठनका प्रतिनिधि सहित केहि प्रा. अ. र शिक्षक भेट्न आएको कुरा थाहा पाउने बित्तिकै मेयर बालेन साहले उनीहरुलाई भेट्न चाहेनन् । झन्डै १ घण्टा पछी पुनः तिनै सचिवालयका प्रतिनिधिले नगरप्रमुख कार्यकक्षमा नरहेको जानकारी गराए । यस्तो जानकारी पाएपछि ज्ञापन पत्र बुझाउन गएको टोलि र मेयरको सचिवालयका प्रतिनिधिबीचमा भनाभन भयो ।
महानगर शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले नेपाल शिक्षक महासंघका प्रतिनिधि, शिक्षकहरुका बिभिन्न पेशागत संगठनका प्रतिनिधि चिन्दिन भने । यसपछि त्यहा विवाद थप चुलियो । नेपाल शिक्षक महासंघ काठमाडौं महानगर समितिका अध्यक्ष तथा टंगाल मा. वि का प्रधानाध्यापक राजेन्द्र अधिकारीले हामी पनि नगरप्रमुख र विभागका आधिकारिक व्यक्तिलाई चिन्छौ, शैलेन्द्र झालाई चिन्दैनौ भन्ने जवाफ फर्काईदिए । त्यसपछि विवाद झनै चुलियो । केहि समयको घम्साघम्सीपछि उक्त ज्ञापन पत्र शिक्षा बिभाग प्रमुख गोबिन्द शर्मालाई बुझाएर नेपाल शिक्षक महासंघ सहितको टोलि फर्कियो ।
नेपाल शिक्षक महासंघका प्रतिनिधि, शिक्षकहरुका बिभिन्न पेशागत संगठनका प्रतिनिधि, बिद्यालयका केहि प्रधानाध्यापक र केहि शिक्षकहरुलाई लागेको थियो, महानगरले आफ्ना माग सम्बोधन गर्ने छ, र पुस २१ गते बाट सुरु हुने तालिमको कार्यक्रम अर्को मितिका लागि सारिने छ । तर महानगरले उनीहरुलाई टेरेन। बरु १९ गते पुनः ईच्छुक शिक्षकहरुको लागि भन्दै १६ गतेको सूचनालाई सच्चाईएको अर्को सुचना महानगरले जारी गर्यो ।
पुस १९ गते सम्म माग सम्बोधन बारे महानगरले चासो नदेखाएपछि नेपाल शिक्षक महासंघका, शिक्षकहरुका बिभिन्न पेशागत संगठनको आह्वानमा पुस २० गतेका लागि महानगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रा.अ. हरुको भेलाको आयोजना गरियो । यो भेलामा महानगरका ५० वटा भन्दा बढी विद्यालयका प्रा.अ. तथा शिक्षकहरुले सहभागिता जनाए । उनीहरुको यो भेलाले तालिम बहिस्कार गर्ने एकमतले निर्णय गरे । यति मात्र होइन शिक्षामा सीप, बुक फ्री फ्राइडेको रकम, हटाइएका सटरबापतको रकम, फेस्टिभल क्याम्प सञ्चालन गरेको रकम, हरित र सुन्दर विद्यालय रकम, दिवाखाजाको रकम, त्रैमासिक परीक्षा रकम, अतिरिक्त कक्षा सञ्चालनको रकमलगायत शिक्षकलाई मासिक रूपमा तलबको व्यवस्था गर्नुपर्नेसहितका बिषयमा समेत बृहत छलफल गरि ६ बुँदे माग राखियो ।
यता काठमाडौं महानगरपालिका पाल शिक्षक महासंघका, शिक्षकहरुका बिभिन्न पेशागत संगठन र असहमति जनाउने शिक्षकहरुलाई पेलेर जसरि पनि तालिम संचालन गर्ने नै सोचमा थियो । त्यसैले तालिम केन्द्रका श्रोत शिक्षकले विद्यालयका विषयगत शिक्षकहरुलाई व्यक्तिगत रुपमै फोन गरेर तालिममा सहभागी बन्न दबाब दिईरहेका थिए ।
महानगरले २१ गते आईतबार तालिम संचालनका निम्ति ६ वटा केन्द्र तोकेको थियो । तर ६ वटा तालिम केन्द्र मध्ये ५ वटा तालिम केन्द्रमा शिक्षक नै गएनन् । शिक्षकको जिरो (०) उपस्थितिका कारण अन्तिम समयमा महानगरले ५ वटा केन्द्रमा तालिम रद्द गर्न बाध्य भयो । यता डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम मा.वि मा तोकिएको केन्द्रमा भने तालिम सुरु भयो । महानगर भित्रका करिब ९८ प्रतिशत विद्यालयले बहिस्कार गरेको तालिम कसरी हुदैछ भन्ने जिज्ञासा सबैमा उत्पन्न भयो । त्यसपछि हाम्रोसंचारको टोलि त्यस तर्फ लाग्यो ।
हाम्रो टोलि २१ गते करिब १२:३० बजे पद्मकन्या विद्याश्रम मा.वि मा तोकिएको केन्द्रमा पुग्यो । हामीले पहिला नै यस केन्द्रमा निजि बिद्यालयका शिक्षकहरुलाई राखेर तालिम संचालन गरिरहेको सुचना प्राप्त गरिसकेका थियौ । त्यहाँ करिब २०/२२ जना शिक्षकहरु तालिम लिईरहेका थिए ।
हामीले त्यस केन्द्रका श्रोत शिक्षक रश्मी तामाङलाई भेट्यौ र तालिम बारे जानकारी लियौ । यहि समयमा काठमाडौं महानगरपालिकाबाट तालिमको अनुगमन गर्न महानगर शिक्षा विभागका अधिकृत टेक नारायण पौडेलसहितको टोलि आईपुग्यो । हामीले महानगरकै प्रतिनिधिसँग बुझ्ने उपयुक्त अवसर प्राप्त गर्यौ र हामीले प्रश्न गर्यौ, ९८ प्रतिशत विद्यालयले बहिस्कार गरेको तालिम संचालन गर्नु पर्ने बाध्यता तपाईहरुलाई कसरि आयो ? सामुदायिक विद्यालयका शिक्षाहरूको निम्ति भनिएको तालिममा जिनी विद्यालयका शिक्षकलाई राखेर किन संचालन गरिरहनु भएको छ ? आउदो एसईई परिक्षामा महानगर भित्रका सामुदायिक विद्यालयको उत्रिण प्रतिशत ९० प्रतिशत पुर्याउने महानगरको लक्ष्यसँग यो तालिमले कसरि मेल खान्छ ? जस्ता कयौं प्रश्न सोध्यौ ।
उनले तालिमको प्रतिरक्षा गरे । उनलाई निजि विद्यालयका शिक्षक त्यहा सहभागी गराएर तालिम संचालन भएको थाहा रहेनछ । उनिसँग करिब १२ मिनेटको भिडियो अन्तर्वार्ता छायांकन गर्यौ । अन्तर्वार्ता सकिने बित्तिकै सँगै रहेकी श्रोत शिक्षक रश्मी तामाङसँग निजि विद्यालयका शिक्षक ल्याएर दिईएको तालिम बारे सोध्यौं । तामाङले आफुले निजि विद्यालयका शिक्षक हरुलाई व्यक्तिगत रुपमै फोन गरेर बोलाएको र तालिम दिएको स्वीकार गरिन । यो सुन्ने बित्तिकै पौडेल झस्किए । उनले भने, “मैले यसरी निजि विद्यालयका शिक्षकहरुलाई ल्याएर तालिम दिदै हुनुहुन्छ भन्ने थाहा पाएको भए अनुगमन नै गर्न आउदिन थिए, सिङ्गो महानगरको कुरा छ, मेरो जागिरको सवाल छ” के गर्नु भएको यस्तो भनेर हप्काए । रश्मीले आफु बाध्यतामा परेर निजीका शिक्षकलाई बोलाउन बाध्य भएको स्वीकार गरिन् ।
यसबाट के पुष्टि हुन्छ भने, यो तालिम सार्वजनिक विद्यालयका शिक्षकहरुको क्षमता बिकासका लागि थियो, निजीका लागि थिएन । हामीले तामाङसंग प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीको हाजिरी माग्यौ तर उनले दिन अस्वीकार गरिन् । तामाङले त्यो तालिममा जम्म २६ जना सहभागी भएको भन्ने जानकारी मात्र दिईन । तर हामीले उक्त तालिममा ६ जना मात्र सामुदायिक विद्यालयका शिक्षकहरु सहभागी रहेको जानकारी प्राप्त गरिसकेका थियौ ।
यसपछि हामीले तालिम संचालन भईरहेको हल र प्रशिक्षार्थीको भिडियो छायांकनका निम्ति श्रोत शिक्षक तामाङसंग अनुमति माग्यौ । उनले अनुमति दिईन् । क्यामेरा लिएर हलमा प्रवेश गर्ने बित्तिकै कतिपए शिक्षक झोला बोकेर भाग्न खोजे । हामीले नभाग्न र नडराउन आग्रह गर्यौ । एकजना शिक्षकले भिडियो नखिच्न भने । हामीले सोध्यौ, तपाई कुन स्कुलबाट ? तपाईको नाम ? उनले आफ्नो स्कुल र नाम भन्न चाहेनन् । भन्नुस न भन्दा, आफु समस्यामा पर्ने भन्दै भन्न मानेनन् । हामी त्यहाबाट निस्कियौ । यसरी २१ गतेको लागि तयभएको तालिम बिबादित भएर सकियो । २२ गते सोमबारका लागि तय भएको तालिम सम्पूर्ण केन्द्रमा संचालन हुन सकेन । महानगरले सोमबारको तालिम संचालन गर्न नसकेपछि महानगरका शिक्षा अधिकृत नेत्र नारायण पौडेललाई सोमबार बेलुका ५:३० बजे सम्पर्क गरी आगामी तालिमबारे जिज्ञासा राख्दा, नेपाल शिक्षक महासंघ, शिक्षकका पेशागत सङ्गठनहरु, प्रधानाध्यापकहरु संग वार्ता भईसकेको र समस्या समाधान भईसकेको भन्ने जानकारी गराउदै समस्या समाधानबारे जानकारी दिन ठुलो टेलिभिजनमा अन्तर्वार्ता दिन जान लागेको बताए ।
महानगरका शिक्षा अधिकृतबाट समस्या समाधानको भएको जानकारी पाएलगत्तै हामीले नेपाल शिक्षक महासंघ, शिक्षकका पेशागत सङ्गठनहरु, प्रधानाध्यापकहरुका प्रतिनिधिहरु सँग सम्पर्क गरि बुझ्दा, कुनैपनि छलफल नभएको र सहमति नभएको जानकारी गराए ।
यसबाट काठमाडौं महानगरपालिका कति बेथितिसँग संचालन भईरहेको छ र त्यहाका शिक्षा अधिकृत कति गैरजिम्मेवार ढंगबाट अगाडी बढिरहेका छन् भन्ने पुष्टि हुन्छ । यो संगै महानगरको तालिम अनिश्चित बनेको छ ।
महानगरले तालिम सम्बन्धि जारी गरेको सूचना
नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र