Hamro Sanchar

मेलुङ १ जामुनेका ३५ घरधुरी खानेपानीबाट लाभान्वित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १९ गते


दोलखा, पुस १९-दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-१ जामुनेका ३५ घरधुरी खानेपानीबाट लाभान्वित भएका छन् ।

लिभिङ वाटर नेपालको सहयोगमा खानेपानी योजना सम्पन्न गरी ३५ घरधुरीलाई ३५ धारा हस्तान्तरण गरिएको वडाअध्यक्ष इश्वर कोइरालाले जानकारी दिए ।

योजना हस्तान्तरण गरेसँगै लिभिङ वाटर नेपालले लाभन्वित नागरिकहरूले शुद्ध पानी पिउन भन्ने उद्देश्यले फिल्टर समेत वितरण गर्ने तयारी गरेको छ । संस्थाले यसै साता प्रत्येक घरधुरीलाई १/१ फिल्टर प्रदान गर्नेछ ।

जामुनेका स्थानीयले खानेपानीको चरम अभाव भोगिरहेका थिए । १० लाख ४१ हजारमा सम्पन्न भएको उक्त योजना भदौदेखि संचालन गरेर ५ महिनामै स्थानीयलाई हस्तान्तरण गरिएको प्राविधिक गणेश नेपालीले बताए ।

लिभिङ वाटर नेपालले खानेपानीको चरम अभाव रहेको स्थानहरूमा योजना सम्पन्न गर्दै खानेपानीको समस्यालाई समाधान गर्दै आइरहेको छ ।

खानेपानीको चरम अभाव भोगिरहेका स्थानीयलाई एक घर, एक धारा हस्तान्तरण गरेपछि स्थानीयमा खुसियाली छाउनुका साथै खानेपानीको समस्या समाधान भएको वडाअध्यक्ष कोइरालाको भनाई छ ।


प्रतिकृया दिनुहोस्